जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १३:३७

माओवादीप्रति आक्रामक बन्यो कांग्रेस, लुम्बिनीमा पनि मन्त्री बर्खास्त


दाङ, फागुन २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खासत गर्नुभएको छ ।

माओवादीकै समर्थनमा मुख्यमन्त्री बन्नुभएका कांग्रेस नेता चौधरीले संघीय सरकारको गठबन्धनबाट माओवादी अलत भएपछि माओवादीबाट आफ्नो सरकारमा मन्त्री रहेका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नुभएको हो ।

आज दुई मन्त्री बर्खास्त गरी ती दुवै मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राख्नुभएको छ ।