काठमाडौं, फागुन २३ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले धुरुधुरु रोएरै भए पनि मन्त्री पद जोगाउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा तेस्रोपटक मन्त्रालय सरुवा भई आफूभन्दा जुनियरलाई नेता मानेर भए पनि श्रेष्ठले मन्त्री पद थमौती गराउनु भएको हो ।
प्रधानमन्त्री निकट स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफू सरकारबाट हटनुपरे बर्वाद हुनेभन्दै मंगलवारदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामू रोइकराइ गरिरहनु भएको थियो । यत्तिसम्म कि श्रेष्ठले प्रधानमन्त्रीसामू धुरुधुरु आँसु खसालेर आफू सरकारमै रहिरहन चाहेको अनुनय गर्नुभएको थियो । ‘प्रकाश कमरेडले सारै गर्नुभयो, रुन नै थालेपछि मन्त्रालय चेञ्ज भएपनि मन्त्री थमौती गर्नैपर्यो’ भन्दै प्रधानमन्त्री दाहालले दोस्रो बरियताको उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउनु भएको छ ।
नेकपा एमालेका सचिव रघुबीर महासेठभन्दा तल्लो बरियतामा श्रेष्ठ नरहने निश्कर्षसाथ प्रधानमन्त्रीले मन्त्री बनाए पनि उहाँले हुन्छ भन्दै स्वीकार गरेको बालुवाटार स्रोतले बतायो । पुलिसको सरुवा बढुवामै सचिवालयका सहयोगी र बाहिरका असुली धन्दावालालाई लगाएर पैसा उठाउने तर सुशासनको कुरा गर्नै गर्नुभएका श्रेष्ठले मन्त्रीबाट हटाए राजनीतिबाट सन्यास लिने भन्दै रुएर पद थमौती गराउनु भएको हो ।
पछिल्लो समय गोर्खातिरकै एक महिलासँग लफडा परेर लेनदेनमा मिलाएको सूचना प्रधानमन्त्रीसम्म पुगेपछि हटाउने निर्णय लिनुभएको थियो । त्यही कारण पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएको हो । प्रधानमन्त्री दाहालको एउटै कार्यकालमा श्रेष्ठले तीन वटा मन्त्रालयमा सरुवा हुनुपरेको हो । श्रेष्ठलाई भारतलेसमेत चाहेको मान्छेको रुपमा हेरिने गरेको छ ।सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहनुभएका श्रेष्ठ सो गठबन्धन भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन बनेपछि गृह मन्त्रालयमा जानुभयो ।
अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुग्नुभएको हो । श्रेष्ठलाई दोहोर्याउने बिषयमा पदाधिकारीले आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले नै ज्यान फालेको र नदिए आत्महत्या गर्ने अवस्था देखियो भन्दै धुरुधुरु रोएको पोल खोल्नुभएको स्रोतले बतायो । ‘नदिने भनेको त हो नि, आत्महत्या नै गर्ला जस्तो गरेपछि मेरो के लाग्छ, धुरुधुरु रुन नै थालेपछि लौ त भनेर पठाइ दिएँ,’ बालाुवाटार स्रोतका अनुसार ती पदाधिकारीसँग प्रधानमन्त्री दाहालले भन्नुभयो ।
नारायणकाजीले धुरुधुरु रुएर पद थमौती गरेपनि लिम्बुको छोरा सुदन किराँतीको भने पद गएको छ । माओवादीले सबै मन्त्रीहरूलाई दोहोरयाउँदै पर्यटन मन्त्री किराँतीलाई मात्रै लात हानेको हो । नदोहरिने संकेत पाएरै किराँती मंगलवार नै पुल्चोकस्थित मन्त्री क्वाटरवाट झिटीझाम्टा लिएर बाहिरनुभएको थियो । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङले जिम्मेवारी पाउनु भएको छ ।
तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्