काठमाडौं, फागुन २४ । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि नियुक्त भएका उपप्रधानमन्त्री र मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथग्रहणसँगै कार्यभार सम्हाल्नुभएको छ ।
राष्ट्रपति भवन शीतवनिवाशमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरी मन्त्रीहरुले आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।
शपथग्रहण समारोहमा शीतलनिवासमा थरीथरीका दृष्यहरु देखिएका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता र दाजुहरिशरण लामिछानेलाई साथमै लगेर राष्ट्रपतिसहित फोटो खिचाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्