काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समीकरणमा परिवर्तन रसरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनु भएको छ ।
संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री दाहालले यही फागुन ६ देखि १८गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूकोराजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनु भयो ।
‘सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नोधारणा राख्दैछु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारीघटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिकभएको छ ।‘
सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरिविश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रस्ट पार्नुभयो।
प्रतिक्रिया दिनुहोस्