काठमाडौं, फागुन २४ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार अध्यक्ष यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नु हुनेछ । यस्तै जसपाबाट दीपक कार्कीलाई राज्यमन्त्री बन्ने श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपालाई दाहाल नेतृत्वको सरकारमा जानबाट रोक्न धेरै प्रयाश गरेपनि योनिर्णयसँगै तुहिएको छ । जसपासमेत सरकारमा सहभागी भएपछि सत्ता गठबन्धन मजबुत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्