काठमाडौं,फागुन २५ । नेपालको आन्तरिक मामिलामा सधै चासो राख्ने दक्षिणी छिमेकी राष्ट्र भारतले सत्ता समीकरणमा भएको परिवर्तनले कुनै फरक नपर्ने बताएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको र भारतलाई कुनै फरक नपार्ने बताउनु भएको हो ।
नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गर्नुभयो । ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, राजदूत श्रीवास्तवले भन्नुभयो, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उहाँले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भयो । श्रीवास्तवले नेपाल–भारतबिच सम्बन्ध मौलिक रहेको चर्चा गरे । उहाँले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्