जनता टाइम्स

२५ फाल्गुन २०८०, शुक्रबार ११:५६

नेताहरुको मुहारमा मुस्कान छाएको एमाले सचिवालय बैठक सकियो, यस्तो छ बिशेष निर्णय


काठमाडौं, फागुन २५ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अन्य दलहरुलाई पनि आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको जानकारी दिनुभयो ।

यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास बैठकले गरेकोजानकारी पनि उहाँले दिनुभयो । सत्ता गठबन्धनमा आएको फेरबदलपछि बसेको सचिवालयको पहिलो बैठकमा अध्यक्ष ओलीले पछिल्लो अवस्थाबारे सबिस्तार जानकारीसमेत गराउनु भएको थियो ।