जनता टाइम्स

२६ फाल्गुन २०८०, शनिबार २२:५६

अमेरिकाको भ्रमण त्यागेर मतदातासँग खुसी साटन गृहजिल्ला आइपुगिन महिलामन्त्री भगवती चौधरी


सुनसरी, फागुन २६ । जनताको सेवामा समर्पित हुने जनप्रतिनिधि आफ्नो क्षेत्रका लागि जस्तोसुकै अवसर पनि त्याग गर्छन भन्ने उदहारण बन्नुभएको छ महिला, बालिकालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । मन्त्री चौधरीले अमेरिका भ्रमण त्यागेर आफ्नो गृहजिल्ला सुनसरी आएर मतदातालाई भेटी यस्तो उदहारण दिनुभएको हो ।

अमेरिका जान भनेपछि सवै मन्त्री हुरुक्क हुने गर्छन । कुनै काम नभए पनि सरकारी खर्चमा अमेरिका जाने मन्त्रीहरुको सूची लामै छ । तर महिलामन्त्री चौधरीले भने आफ्ना लागि सपनाको देश अमेरिका भन्दा आफ्ना मतदाता नै महत्वपूर्ण हुन भन्ने प्रष्ट सन्देश दिनुभएको छ । अमेरिका उडने दिन उहाँ आफ्नो गृहजिल्ला सुनसरी आउनु भएको हो ।

मन्त्री चौधरीको यही मार्च ११ अर्थात सोमवारबाट सुरु हुने यूएन वुमनको विश्वस्तरीय सम्मेलनमा सहभागी हुन आज अमेरिकाको न्यूयोर्कतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम तय भएको थियो ।मन्त्रिपरिषद पुनर्गठन भएकै भोलिपल्ट अर्थात फागुन २४ गते बसेको मन्त्रिपरिषद बैठकले मार्च ११ बाट सुरु भएर मार्च २२ तारिकसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा भाग लिन मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो ।

तर मन्त्री चौधरी आफ्नो अमेरिका भ्रमण छाडेर गृहजिल्लाको आउनु भएको छ । पूर्वमन्त्री कांग्रेस नेता सुरेन्द्रराज आचार्यले ठूलो संख्यामा अमेरिका भ्रमणमा जाने टोली तय गरेको अवस्थामा मन्त्रालयको कार्यभार सम्हाल्नुभएकी मन्त्री चौधरीले आफ्नो पहिलो भ्रमण अमेरिका होइन, गृहजिल्ला सुनसरी र निर्वाचन क्षेत्र रोज्नुभएको हो ।

सोही निर्णयका साथ मन्त्री चौधरी आज बिहानै सुनसरी आइपुग्नु भयो । आफ्नै गृहनगर सुनसरीको दुहबी नगरपालिका १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृहजिल्ला आउनु भएको हो । उहाँले अमेरिका भन्दा मतदाता र गृहजिल्ला नै पहिलो भन्ने नीतिका साथ मन्त्री भएपछि मतदातासँग सात्क्षात्कार गर्न सुनसरी आएको बताउनु भयो ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिकार वाला संस्था हुने भएकोले अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्वनिर्धारित कार्यक्रममा आफू अमेरिका जाने तय भए पनि नगएको जानकारी दिनुभयो । मन्त्री नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति नै अमेरिकातर्फ उडेका छन । प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्रीस्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृहजिल्ला आएको मन्त्री चौधरीले बताउनु भयो ।

अमेरिका भ्रमण त्यागेर गृहजिल्ला आउँदा मन्त्री चौधरीको स्वागतमा ठूलो संख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । उहाँको स्वागत र राम्रो कामको सम्मानका लागि मोरङ र सुनसरीका सयौँ नेता कार्यकर्ता बिराटनगर विमानस्थलमा भेला भएका हुन । बिराटनगर बिमानस्थलबाट सिधै दुहवी पुगेर मन्त्री चौधरीले पहिलो रोजाई मतदाता भएको प्रष्ट पार्नुभयो ।

‘अमेरिकाको भ्रमणमा आजै जानुपर्ने थियो, त्यो बिदेश भ्रमण छाडेर म यहाँ आइरहेको छु, तपाईहरुलाई भेटनु भन्दा ठूलो खुसी मलाई अरु हुन्न,’ मन्त्री चौधरीले भन्नुभयो । त्यसो त लामो समयदेखि मन्त्रालयभित्रै लुट मच्चाइरहेको समुहले शपथलगत्तै मन्त्रीको बिदेश भ्रमण भन्दै अफवाह फैलाउने कामसमेत गरेका थिए । तर अमेरिका नगएर मन्त्री चौधरीले ती सव प्रचारलाई पानीको फोका सावित गरिदिनु भएको छ ।