जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार ०८:०१

एमाले गोरखामा सुरेन्द्र थापाको प्यानलै विजयी, कसले कति मत पाए ? (सूचीसहित)


गोरखा, २८ फागुन । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी हुनु भएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको छ ।

विजयी थापाको २८० र पराजित हुनु भएका नेपालीको २०५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी १४९ मतले विजयी हुनु भएको छ । विजयी अधिकारीले २७१ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत पाउनु भयो । उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाउनु भयो ।

सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याएर पराजित हुनु भयो । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गर्नु भयो । त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गर्नु भयो ।

उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी नानु थापा मगरले १५० मत पाउनु भएको छ । एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो ।

निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् ।