जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार १५:२५

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार वार्तामा के भयो कुराकानी ?


काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भटेवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

बालुवाटारमा भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । उहाँहरुबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिँदैहुनुहुन्छ । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ ।