काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रतिनिधि सभामा ८८ जना सांसद रहेको कांग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ ।
कांगेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको हो । लेखकले सांसदहरुलाई भन्नुभयो,‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ ।’













प्रतिक्रिया दिनुहोस्