काठमाडौं, फागुन २८ । सरकारले गृह मन्त्रालयको गृह सचिवमा एकनारायण अर्याललाई सरूवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सचिव अर्याललाई गृह मन्त्रालयको सचिवमा सरूवा गर्ने निर्णय गरेको हो। काममा निकै अब्बल सचिव अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत हुनुहुन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव अर्यालले कानूनभन्दा बाहिर गएर मन्त्रीको आदेश पालना गर्न नसक्ने अडान राखेपछि एकाएक मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुर्याइएको थियो । उहाँको कामको कदर गर्दै सरकारले पुरानो निर्णय सच्याएर काममा अब्बल मन्त्रालय गृहमा सरुवा गरेको हो ।
अर्याल आफ्नो करिअरमा अहिलेसम्म कुनैपनि बिवादमा नपरेको सचिव रुपमा चिनिनु भएको छ । मन्त्रिपरिषदले गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको छ ।
प्रतिक्रिया दिनुहोस्