जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १५:५३

प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक बिश्वासको मत: पक्षमा १५७, बिपक्षमा ११० मत


काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बिश्वासको मत पाउनु भएको छ । प्रतिनिधिसभामा आज भएको मतदानमा १५१ जना सांसदले प्रधानमन्त्री दाहाललाई बिश्वासको मत दिएका हुन ।

आजको बैठकमा कुल खसेको २६८ मतमध्ये प्रधानमन्त्री दाहालको पक्षमा १ सय ५७ मत परेको छ ।  यस्तै बिपक्षमा ११० मत र प्रस्तावको पक्षमा मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । आजसहित प्रधानमन्त्री दाहालले आफ्नो साढे १३ महिनामा तेस्रो पटक बिश्वासको मत पाउनु भएको हो ।

आजको संसद बैठकमा २६८ जना सांसदले मतदानमा भाग लिएका थिए । सत्तारुढ गठबन्धनमा आवद्ध ५ दल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री दाहाललाई बिश्वासको मत दिएका हुन ।

सत्ता गठबन्धनसँगै नागरिक उन्मुक्ति पार्टीका ४ सांसद र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्रीलाई पनि बिश्वासको मत दिनुभएको छ । यस्तै प्रधानमन्त्रीको बिपक्षमा ११० मत परेको छ । नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी, नेमकिपा र जनमोर्चाका सांसदहरुले प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेका हुन ।