काठमाडौं, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशका प्रमुखलाई बर्खास्त गर्नुभएको छ । सरकारको सिफारिशमा रायट्रपति पौडेलले मधेस ददेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई आज पदमुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषदको फागुन २८ गते बैठकले तीन वटै प्रदेशका प्रमुखले संबैधानिक दायित्व भुलेर पदीय मर्यादाबिपरित राजनीति गरेको ठहरसहित बर्खास्त गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आज राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्