जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १९:१९

केपी ओली कञ्चनपुर आउँदा जे देखियो (फोटोफिचर)


एमाले अध्यक्ष केपी ओली कञ्चनपुरको दोधारा चादनी ६ को वडा कार्यालयको भवन उदघाटनलेखि एमालेको नवौ जिल्ला अधिवेशन उदघाटन समारोहमा सहभागी हुनुभयो । ओलीको जिल्ला भ्रमणको क्रममा निकै लोभलाग्दा दृष्यहरु देखिए ।

कञ्चनपुर, चैत १ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एक दिन सुदुरपश्चिमको ऐतिहासिक जिल्ला कञ्चनपुरमा बिताउनु भयो । एमाले अध्यक्ष ओली आज बिहानै धनगढी हुँदै कञ्चनपुर आउनु भएको हो ।

कञ्चनपुर आएलगत्तै सिधै भारतसँग जोडिएको र झोलुङ्गे पुलले चर्चित दोधारा चादनी नगरपालिका वडा नम्बर ६ मा निर्माण भएको वडा कार्यालयको भवन उदघाटन गर्न पुग्नभएका अध्यक्ष ओलीले आजै एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको पनि उदघाटन गर्नुभयो । अध्यक्ष ओली कञ्चनपुर आउँदा स्थानीयमा निकै खुसियाली छाएको थियो । उनीहरुले अध्यक्ष ओलीको भब्य स्वागत गरे ।