जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार २१:०१

नेकपा एसका केन्द्रीय सदस्यसहित दर्जानौं नेता–कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीसहितका नेताले गरे स्वागत


कञ्चनपुर, चैत १ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित दर्जनौं नेता सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन ।

एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनको उदघाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको टीका र खादा लगाएर नेकपा एकीकृत समाजवादी, बिप्लव र अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य लोकबिक्रम थापाको नेतृत्वमा सो पार्टीका कञ्चनपुर र सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभयो । नवप्रवेसी नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको औचित्य सकिएको र एमालेको बिकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको बताउनु भएको छ ।

नवप्रवेसी नेताहरुलाई एमाले अध्यक्ष ओलीले सही निर्णय गरेको भन्दै बधाई दिनुभयो । उहाँहरुलाई अध्यक्ष ओलीसहित सचिव लेखराज भट्ट, सुदुरपश्चिम इञ्चार्जसमेत रहनुभएका अर्का सचिव छविलाल बिश्वकर्मा, पोलिटब्यूरो सदस्य एवं सुदुरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्यूरो सदस्य, नारदमुनी राना, निरु पाल, तारा लामालगायतका नेताहरुले स्वागत गर्नुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष ओलीले नेकपा एमाले मात्रै सही पार्टी रहेकोले दुबिधा वा भ्रममा नपरी फर्कन आह्वान गर्नुभएको छ ।