बझाङ, चैत २ । नेकपा एमाले बझाङ जिल्ला कमिटीले प्रदेश सभा क को उपनिर्वाचनका लागि तीन जनाको नाम उम्मेद्वार सिफारिस गरेको छ ।
जिल्ला कमिटीले उम्मेदवारका लागि प्रदेश कमिटीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो । सिफारि भएकाहरुमा दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्ट रहनुभएको जिल्ला कमिटी बझाङले जनाएको छ । जिल्ला कमिटीको सिफारिशमा यसअघि उम्मेद्वार भएका अफिलाल ओखेडाको नाम भने परेको छैन ।
उक्त निर्वाचन क्षेत्र यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित हुनुभएको थियो । उहाँ सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएकै बेला सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको छ । सोही स्थानमा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
आगामी वैशाख १५ गते हुने उपचुनावका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्