काठमाडौं, चैत २ । काठमाडौंको कपनबाट केही दिनदेखि हराइरहेकी सिन्धुलीकी सुस्मिता थापाको पशुपतिनजिक जंगलमा शव भेटिएको छ ।
गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । गौशाला प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) केशव थेवेका अनुसार थापाले शव आज विहान भेटिएको जानकारी दिनुभयो ।
शव देखेपछि आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।’ डिएसपी थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको छ । सो बिषयमा थप अनुसन्धान भइरहेको छ ।
सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन् । उनका आफन्तले हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फतसमेत अपिल गरेका थिए । सिन्धुली घर भएकी सुस्मिता कपनको बालुवाखानीमा बस्दै आएकी थिइन । केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी सुस्मिता एकाएक हराएकी थिइन ।













प्रतिक्रिया दिनुहोस्