काठमाडौं, चैत २ । सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्न रहेका अनेरास्वबियु क्रान्तिकारीका महासचिव एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ । राजनीतिक आडमा लामो समयदेखि सुन तस्करीमा संलग्न भएको तथ्य खुलेसँगै फरार रहेका पुनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
बिमानस्थलदेखि अन्य बिभिन्न नाकाबाट भएको सुन तस्करीको घटनामा दीपेशको संलग्नता रहेको जाँचबुझ आयोगले किटानी गर्दै कार्वाहीको सिफारिश गरेको छ । सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पुन सहकारी ठगीमा पनि मुछिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पुनलाई नियन्त्रणमा लिएको हो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन । उपराष्ट्रपतिको कार्यालयलाई नै सुन तस्करीको मुख्य अखडा बनाएर उनीहरुले लामो समयदेखि अबैध धन्दा चलाएको पाइएको हो ।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पुनसहित १२ जनालाई कारबाही सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा असोजमा गठन भएको आयोगले आयोगले छानबिनबाट सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र पुनसहित बिभिन्न ब्यक्तिहरुलाई दोषी देखिएको उल्लेख गर्दै उनीहरूलाई कारबाही सिफारिस गरेको हो ।
यसअघिका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा दिपेश पक्राउ पर्नबाट जोगिदै आएका थिए । श्रेष्ठले नै माओवादी निकट रहेका कसैलाई पनि पक्राउ नगर्न निर्देशन दिनुका साथै सिआइवीलाई जोगाउने भूमिका खेल्न भनेका थिए । पूर्वगृहमन्त्री श्रेष्ठकै आदेशपालक बनेर एआइजी बज्राचार्यले सुन तस्कर जोगाउने काम गर्नुभएको तथ्य सिआइवीकै अधिकारीले खोलिसकेका छन ।
आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ । यसैगरी सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
यस्तै सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई सुन तस्करी प्रकरणमा दोषी ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । तस्करीमा संलग्नलाई जोगाउने मुख्य भूमिका खेलेकी एआइजी बज्राचार्यको आज नै सरुवा भइसकेको छ भने उनीमाथि थप कार्वाही प्रक्रिया अघि बढाइएको छ । प्रतिवेदनले औल्याएका अभियुक्त पक्राउ गर्नुअघि फरार अभियुक्त फक्राउको क्रममा दिपेश पक्राउ परेका हुन ।
यसअघिका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा दिपेश पक्राउ पर्नबाट जोगिदै आएका थिए । श्रेष्ठले नै माओवादी निकट रहेका कसैलाई पनि पक्राउ नगर्न निर्देशन दिनुका साथै सिआइवीलाई जोगाउने भूमिका खेल्न भनेका थिए । पूर्वगृहमन्त्री श्रेष्ठकै आदेशपालक बनेर एआइजी बज्राचार्यले सुन तस्कर जोगाउने काम गर्नुभएको तथ्य सिआइवीकै अधिकारीले खोलिसकेका छन ।
प्रतिक्रिया दिनुहोस्