काठमाडौं, चैत ५ । बिमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा दोषी देखिएपछि पक्राउ गरिएका पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले सुन प्रकरणमा अनुसन्धानका लागि महरालाई ४ दिन हिरासतमा राख्ने अनुमति दिएको हो । काठमाडौंबाट दाङतर्फ हिडनुभएका महरालाई आज बिहान कपिलबस्तुमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउलगत्तै काठमाडौं ल्याएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पुर्याइएको थियो । ब्यूरोले अभियोगको फाइल तयार गरी जिल्ला अदालतमा म्याद थपका लागि लगेको हो । सिआइवीले ७ दिनको समय मागेपनि अदालतले पहिलो चरणमा ४ दिनको मात्र अनुमति दिएको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका हुन । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो । सुन तस्करी प्रकरणमै महरापुत्र राहुल पुर्पक्षका लागि थुनामा रहेका छन ।













प्रतिक्रिया दिनुहोस्