बागलुङ, चैत ५ । रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना भएको छ।
रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको बागलुङ प्रहरीले जनाएको छ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । यसैगरी ३० जना घाइते भएका छन । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । प्रहरीका अनुसार हालसम्म घटनास्थलमा २५ घाइतेको उद्धार गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्