जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार ०८:५७

एमाले कञ्चनपुरले पहिलो पटक पायो महिला नेतृत्व, अध्यक्षका आकांक्षी सवै पदाधिकारीमा समेटिदा यस्तो बन्यो टीम


कञ्चनपुर, चैत ६ । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

नवौँ जिल्ला अधिवेशनमा चार जना आकांक्षी भएपनि तीन जनाले सहमति जनाएपछि बुढाको नेतृत्वमा सवै पदाधिकारी र सदस्यहरु सर्वसम्मत भएको हो । अध्यक्षमा चयन हुनुभएकी लक्ष्मी निवर्तमान कार्यसमितिमा कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनले उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्कालाई चयन गरेको छ ।

अध्यक्षमण्डलले गएराती सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको छ । अधिवेशनबाट चयन भएका अध्यक्षसहित सवै पदाधिकारी तथा सदस्यहरुाई राति नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत १ गते उदघाटन गर्नुभएको अधिवेशन सहमति प्रयाशकैक्रममा तोकिएको भन्दा केही समय बढी चलाउनु परेको थियो । अधिवेशनको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गरिएको थियो ।