काठमाडौं, चैत ६ । अध्यागमन विभागको महानिर्देशकमा सहसचिव कोषहरि निरौलाको सरुवा भएको छ । गृह मन्त्रालयले आज गृहका सहसचिव निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव रुद्रसिंह तामाङरिुद्ध गत फागुन ६ गते मुद्दा दायर गरेपछि नेतृत्वबिहीन रहेको अध्यागमनको महानिर्देशकमा निरौलालाई गठाइएको हो । गृह मन्त्रालयले आज निरौलासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरी नरबहादुर थापालाई पठाइएको छ । यस्तै ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरिएको छ ।
जसअनुसार संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनु भएको छ ।
यसैगरी धनुषमा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चूलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न विभाग र कार्यालय प्रमुखहरुको पनि नयाँ सरुवा गरेको छ । जसअनुसार सहसचिव कमलराज ढकाललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्