डडेल्धुरा, चैत ७ । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही चयन हुनुभएको छ। एमाले डडेल्धुरा संयोजक रहनुभएका शाही नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा शिद्धराज भट्ट, तथा उपसचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार हुनुभएको छ । यसैगरी लेखाको अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन हुनुभएको छ ।
नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको नवौं जिल्ला अधिवेशनले शाहीको नेतृत्वमा ८१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्