जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार १५:२९

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक, यस्ता छन एजेण्डा


काठमाडौं, चैत ९ । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यही चैत ११ गते आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाउनु भएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यसूची तय गरिएको छ ।

बैठकले गठबन्धन परिवर्तनपछिको अवस्था, सरकारलाई प्रभावकारी बनाउने बिषय र पार्टीले अघि बढाउने अभियानको बिषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।
बैठकले मन्त्रिहरुका लागि आचारसंहितासमेत तोक्ने बताइएको छ ।