जनता टाइम्स

११ चैत्र २०८०, आईतवार १०:२६

एआइजी बज्राचार्यसहित सिआइबीका अधिकारीमाथि कारबाही गर्न बन्यो अर्काे समिति


आयोगले सुन तस्करी अनुसन्धानमा बदनियत गरेको भन्दै एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो

काठमाडौं, चैत ११ । गृह मन्त्रालयले सुन तस्करीमा बदनीयत भेटिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का तात्कालिन प्रमुख किरण बज्रचार्यसहितका प्रहरी अधिकारीमाथि कार्वाही गर्न छाननिव समिति गठन गरेको छ ।

सुन तस्करीको अनुसन्धान छानविन गर्दा बदनीयत देखाउने प्रहरी अधिकृतमाथि कार्वाही गर्न समिति गठन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने र गृहसचिव एकनारायण अर्यालको छलफलपछि समिति गठन गरिएको हो ।

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले ‘ब्रेक सु’ तथा विद्युतीय चुरोटमा लुकाएको सुन तस्करी अनुसन्धानमा बदनियत गरेको भन्दै एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाहीको सिफारिस गरेको थियो ।

सुन तस्करीको अनुसन्धानमा बद्नियत राखेको आरोपमा कारबाही सिफारिस भएका प्रहरी अधिकारीमाथि थप छानबिन हुने भएको हो । गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उनीहरूमाथि कारबाहीका लागि समिति गठन गरेको छ । कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा नयाँ समिति गठन भएको हो । समितिको सदस्यमा नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही हुनुहुन्छ ।

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले ‘ब्रेक सु’ तथा विद्युतीय चुरोटमा लुकाएको सुन तस्करीको सिआइबीले बद्नियत राखेर अनुसन्धान गरेको भन्दै तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्यसहित चार प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको थियो । उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्ने अन्योल भएपछि नयाँ समिति गठन गरिएको हो ।

गृह स्रोतका अनुसार समितिलाई ‘कारबाही सिफारिस गरिएकोलाई कस्तो कारबाही गर्ने भन्ने मात्र नभइ गलत नियत नदेखिएमा पुरस्कारका लागिसमेत सिफारिस गर्न सक्ने अधिकार दिइएको छ । कसको भूमिका के देखिएको र कस्तो कारबाही गर्ने भनेर आयोगको प्रतिवेदनका आधारमा सो समितिले सिफारिस गर्नेछ ।

आयोगले एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस भएको थियो । उनीहरूमध्ये एआइजी बज्राचार्यको नियत खरावदेखि बदनीयत पनि खराव रहेको पाइएको छ । एआइजी बज्रचार्यले डिएसपीद्वय दाहाल र कुँवरको प्रस्ट बदिनयत देखिएको र एसपी थापाको हकमा त्यस्तो नदेखिएको विषय उठेपछि पनि नयाँ समिति गठन भएको हो ।

आयोगले एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस भएको थियो । उनीहरूमध्ये एआइजी बज्राचार्यको नियत खरावदेखि बदनीयत पनि खराव रहेको पाइएको छ । एआइजी बज्रचार्यले डिएसपीद्वय दाहाल र कुँवरको प्रस्ट बदिनयत देखिएको र एसपी थापाको हकमा त्यस्तो नदेखिएको विषय उठेपछि पनि नयाँ समिति गठन भएको हो ।

एसपी थापाले आफूलाई जानकारी नदिई अनुसन्धान मिसिलमा अन्य प्रहरी अधिकारीले बयान कागज राखेको कुरामा पहिले नै असहमति जनाई त्यसलाई नै हटाउने कामसमेत गरेको भेटिएको छ । तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अनावश्यक हिमचिम राखेर एआइजी बज्राचार्यले सुन तस्कर जोगाउन बदनीयत राखेको र रकमसमेत माग्न लगाएको तथ्य खुलिसकेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले गत १ चैतमा प्रतिवेदन बुझाउँदै अनुसन्धानमा केही आरोपीलाई मिलेमतोमा जोगाउन खोजेको भन्दै कारबाही सिफारिस गरेको हो ।