जनता टाइम्स

११ चैत्र २०८०, आईतवार १४:४०

केपी ओली नै होली खेल्न कस्सिदा एमाले मुख्यालयमा जे देखियो (फोटोफिचर)


काठमाडौं, चैत ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले दिल खोलेर रंगहरुकोपर्व फागू पुर्णमा अर्थात होली मनाउनु भएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा नेताहरुले होली पर्व मनाउनु भएको हो । एमाले नेताहरुले आज बोलाइएको केन्द्रीय सचिवालय बैठकमा दिल खोलेर होली मनाए । बैठक सुरु हुनुअघि एमाले अध्यक्ष ओली आफै होली मनाउन कस्निुभएको थियो ।

अध्यक्ष ओलीको जोश देखेपछि सचिवालयका सवै नेताहरुले एक आपसमा रङ साटासाट गरी होली मनाउनु भयो । बैठकमा एमाले सचिव लेखराज भट्टको जन्मदिनसमेत मनाइएको छ । होली मनाउनदेखि सचिव भट्टको जन्मदिन मनाउने क्रममा नेताहरु निकै खुलेका थिए ।