काठमाडौं, चैत ११ । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा नेता दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बझाङ एमालेले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिश गरेकोमा सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।
प्रतिक्रिया दिनुहोस्