जनता टाइम्स

११ चैत्र २०८०, आईतवार १५:३०

ऐन महरमाथि लागेको आरोप खारेज, सचिवालयले गर्यो केन्द्रीय कमिटीमा मनोनीत


काठमाडौं, चैत ११ । नेकपा एमालेले बिद्यार्थी नेता ऐन महरलाई पुनः केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले महरको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको हो ।
बझाङकै एक महिलाले आरोप लगाएपछि छानविनको मागसहित महरले केन्द्रीय कमिटी सदस्यबाट राजीनामा दिनुभएको थियो । महरको राजीनामा स्वीकृत गरेको सचिवालय बैठकले आज पुनः मनोनीत गरेको हो ।

पछिल्लो समय राजनीतिक भविश्य भएका नेताहरुबिरुद्ध अनावश्यक लान्छना लगाउने काम बढदै गएको निश्कर्षका आधारमा महरमाथि लगाइएको आरोप राखेज गर्दै सचिवालय बैठकले महरलाई केन्द्रीय कमिटी सदस्यमा नै फर्काएको हो ।

पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सचिवालयको यो निर्णयसँगै महरलाई सकाउने खेल पनि समाप्त भएको छ ।