जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार ०७:५९

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा बिजयी, यी हुन निर्वाचित पदाधिकारी


सुर्खेत, चैत १२ । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । पदाधिकारीमा पनि देवकोटा प्यानलबाटै निर्वाचित हुनुभएको छ भने बिसी समुह पराजीत भएको छ ।

जसअनुसार उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला बिश्वकर्मा निर्वाचित हुनुभएको छ । उपध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयहादुर खड्का, तृप्ति विक र कोकिला सिंह पराजीत हुनुभएको छ ।