जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १२:०६

अछामको मेल्लेखमा ट्र्याक्टर पल्टियो, ५ जनाको घटनास्थलमै मृत्यु


अछाम, चैत १२ । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले दिनुभएको जानकारी अनुसार दुर्घटनामा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यू भएको छ । यस्तै दुर्घटनामा परी तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका हुन । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।