काठमाडौं, चैत १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश चिकित्सा शिक्षा आयोगको नाममा आदेश जारी गरेको हो ।
आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन निर्देशन दिइएको छ । प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्