काठमाडौं, चैत १२ । आर्थिक अवस्था कमजोर रहेको कारण परिवारको खुसीका लागि बिदेश जाने सोचमा थिइन काठमाडौंकी बिमला (परिवर्तित नाम) । अनेक दुःख गर्दा पनि आर्थिक अवस्थामा सुधार हुन नसकेपछि चिन्तामै रहेको बिमलाको पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर रानासँग भेट भयो ।
ज्यान हेर्दा खाइलाग्दा अनि फटाह जस्तो पनि नदेखिने राना बिमलासँग लोभिए । बिमला आफ्नो परिवारको चिन्तामा थिइन तर राना भने भत्रभित्रै उनको लोभलाग्दो फिगरदेखि अनुहारसम्म हेरेर लोभिए । अनि बिमलालाई बिदेश पठाउन पाए राम्रै पैसा आउथ्यो भन्ने कल्पनामा डुवे ।
रानाले पारिवारिक ब्यवहार गरेको कारण बिमला मात्रै होइन, उनका श्रीमनलेसमेत बिश्वास गरे । केही समयमो भेटघाटपछि रानाले बिमलाका श्रीमानसँग ओमानमा बच्चा हेर्ने राम्रो काम आएको जानकारी गराए । उनको बिश्वासमा परेर बिमला सजिलो काम पाइयो भन्दै ओमान पुगिन । तर त्यहा पुगेपछि उनले आफू नरकमा आइपुगेको महसुस गरिन ।
बिमलालाई ओमानमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त रानाले भिजिट भिसामा ओमान पठाएका थिए । तर ओमानमा त उनको यौनसँग प्यासी दानवहरुको हुल भेटियो ।
बिमलालाई ओमानमा रानाका साथीहरूले रिसिभ गरेर एजेन्ट अफिसमा लगे । त्यहाँ लगेर उनको मोबाइल र पासपोर्ट जफत गर्दै अन्य कागजातहरू च्यात्न लगाए । जहाँ नेपालसहित अन्य देशका महिलाहरूसमेत रहेका थिए । बिमलालाई राणाले गएको भदौ २६ गते काठमाडौँबाट भिजिट भिसामा ओमानको मस्कट पुर्याएका थिए ।
ओमानमा उनलाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौन प्यास मेटाउने काम भयो । उनी चरम यौन शोषणमा समेत परिन । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले जनाएअनुसार यौन प्यास मेटाउन नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिइयो ।
बन्धक बनाएर यौनशोषण गर्ने पीडकहरुसँग बिमलाले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले साढे दुई लाख रुपैयाँ मागे । त्यसपछि पीडितका श्रीमानको पहलमा उनीहरूले मागेको रकम तिरियो । रकम तिरेपछि बिमला गत कार्तिक २ गते नेपाल फर्कन सफल भइन । नेपाल फर्किएकी उनले रानाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उजुरी हालेकी थिइन । तर, अभियुक्त राणा फरार थिए । खोजतलासका क्रममा गत शुक्रबार ब्युरोबाट खटिएको टोलीले रानालाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको तथ्यअनुसार राना र उनको समुहले पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको फाइदा उठाउँदै ओमान पुर्याएर यौन शोसन गराएको पाइएको छ ।
प्रहरीले रानाबिरुद्ध काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दिन पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । सो घटनामा संलग्न अन्य अभियुक्तहरुको खोजी कार्य पनि तीब्र पारेको ब्युरोले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्