जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार २२:३९

कर्णाली पुलबाट एकाएक किन हाम फाले १७ युवा ?


कैलाली, चैत १२ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार दिउँसो चिसापानीका एक युवक बेपत्ता भएका छन।

लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही आज कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले बताउनु भयो ।

नेपाली सेनाको गोताखोर पठाइएको भए पनि राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी हुने प्रहरीको भनाई छ । प्रहरीका अनुसार १७ जनाले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन ।

प्रहरी उपरीक्षक विष्टका अनुसार पुल नजिक खटिएका प्रहरीलाई युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका थिए ।