दोलखा, चैत १३ । छिमेकी मुलुक चीनसँग जोडिएको दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका–९ को रोल्वालिङ उपत्यकामा पर्ने विकट ना गाउँ र वेदिङमा हेलिप्याड निर्माण भएको छ ।
करिव ४२ सय मिटरको उचाइमा रहेको अति दुर्गम तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित ना गाउँ र वेदिङमा भर्खरै दुई वटा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको हो । हेलिप्याड स्थानीय सरकार र जनश्रमदान हेलिप्याड निर्माण गरिएको हो ।
गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष निमा गेली शेर्पाले स्थानीय सरकारको पाँच लाख र स्थानीयको जनश्रमदान तथा सर्वदान भन्ने मूल नाराको साथ श्रमदानबाट निर्माण सम्पन्न गरिएको हो । हिमाली भेग ना गाउँ प्रशस्त स्रोत साधन रहेपनि परिचालनका लागि स्थानीय सरकारसँग योजना तथा बजेट सीमित छन ।
वस्तुनिष्ठ समस्यालाई बुझेर पनि चाहे जति सम्बोधन गर्न नसकिरहेको अवस्थामा जनताहरूलाई स्थानीय सरकार छ भन्ने महसुस गराउन तत्काल विपत्तिमा उद्धारका निमित्त हेलिप्याड निर्माण गरेको वडाध्यक्ष शेर्पाले बताउनु भयो ।
बिकट भूगोलका कारण विभिन्न अप्ठ्याराहरू छन । वर्षातको समयमा यातायात ठप्प हुने गरेको छ । सोही बाध्यतालाई महसुस गरी बिरामी तथा सुत्केरीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा सहजताका लागि हेलिप्याड निर्माण गरेको अध्यक्ष शेर्पाको जानकारी दिनुभयो ।
गौरीशंकर गाउँपालिका–९ बेदिङ रोल्वालिङ उपत्यका अति दुर्गम भेगमा कोही बिरामी भए तत्काल अस्पताल लैजानका लागि सडक यातायातको अभाव वर्षाको समयमा समस्या हुने गरेको छ । रोल्वालिङ उपत्यकाका गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष निमा तेञ्जिङ शेर्पाले हेलिप्याड निर्माणसँगै यो मुख्य समस्याको हल भएको बताउनु भयो ।
ना गाउमा अत्यन्त चिसो मौसमले गर्दा जनजीवन कष्टकरपूर्ण रहेको छ । ७२ घरपरिवार बसोबास गर्दै आएको नागाउँमा मसिंरदेखि चैतसम्म धेरै हिउँ पर्ने हुँदा त्यहाँका स्थानीय वेदिङमा बसोबासका लागि झर्ने गर्छन । विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको पर्यटकीय क्षेत्र भएकाले त्यहाँका बासिन्दा होमस्टे र होटल चलाएर जीविकोपाजर्न गर्दै आएका छन ।
हेलीप्याड निर्माण भएपछि पर्यटकहरूलाई पनि सहज हुने स्थानीयवासीको भनाई छ । बेदिङ र ना गाउ दोलखाको आकर्षक पर्यटकीय गन्तब्य हुन ।
प्रतिक्रिया दिनुहोस्