जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १५:२१

रञ्जिताले जुटाइन एमाले-माओवादी गठबन्धनको पक्षमा बहुमत, रेशम चौधरीको भर पर्दा पछारिए देउवा


कैलाली, चैत १४ । नागरिक उन्मुक्ति पार्टीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ ।

अध्यक्ष रञ्जिता चौधरीको अध्यक्षतामा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरेको हो । अध्यक्ष रञ्जिताको पक्षमा बुहमत जुटेसँगै संरक्षक रेशमलाल चौधरी संकटमा पर्नुभएको छ ।

आफू कारागारमा रहँदा पत्नी रञ्जिताले आफ्नो बलमा खडा गरेको पार्टी कब्जा गरी आफूखुसी चलाउन खोज्नुभएका चौधरी यो निर्णयपछि अल्पमतमा परेर आफै संकटमा पर्नुभएको हो । उहाँले केही समयअघि भनेको नमाने कार्वाहीको चेतावनी दिनुभएको थियो ।

अव भने उहाँ नै कार्वाहीमा पर्ने देखिएको छ । संस्थापक केन्द्रीय सदस्यहरुको बहुमतले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो । रञ्जिताको पक्षमा बहुमत जुटेसँगै नेपाली कांग्रेस नराम्रोसँग फेरि पछारिएको छ । रेशमकै भरमा सुदुरशपश्चिम प्रदेशको सरकार चलाएर आफ्नो प्रदेशमा सत्तारुढ बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको सपना तुहिएको छ ।