जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १५:४२

ओशो तपोवनमा ध्यान गर्दागर्दै पक्राउ परिन अखिल नेतृ रक्षा बम


काठमाडौं, चैत १४ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेतृ बमलाई ओशो तपोबनबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले उबमलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जानकारी दिनुभयो । बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा रस्मिला धामीले प्रहरीमा उजुरीदिएपछि अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हालै अदालतले बमको मानहानी गरेको मुद्दामा रस्मिला धामीलाई दोषी ठहर गरेको थियो । धामीले नै बम पक्राउ परेको सूचना सार्वजनिक गर्नुभएको हो । बम पक्राउ परेपछि धामीले न्यायको लडाईं जारी रहेको बताउनु भएको छ ।

‘राजनितिक शक्ति पावरको धाकधम्की लगाउदै अपराधिक कृयाकलाप गर्दै हिड्ने राजमति उर्फ रक्षा बमलाई तपोबन बाट ध्यान गर्दै गर्दा पुलिसले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारि गराउन चाहन्छु । न्यायको लडाई जारि छ ।’ धामीले लेख्नुभएको छ ।