जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार २३:२२

पूर्वमन्त्री टोपबहादुर रायमाझी गम्भीर बिरामी, कारागार प्रशासनले गर्यो अस्पताल भर्ना


काठमाडौं, चैत १४ । पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा गम्भीर समस्या आएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहनुभएका नेता रायमाझीको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै आज साँझ अस्पताल भर्ना गरिएको छ ।रायमाझीलाई त्रिबि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

उहाँको स्वास्थ्यमा निकै समस्या देखिएको चिकित्सकहरुले बताएका छन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आवश्यक परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको छ । भुटानी शरणार्थी मुद्धामा पक्राउ परी अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ भने प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित हुनुभएको छ ।

सोही मुद्धाका संलग्न रही निर्णय गरेका कांग्रेस नेता तथा तात्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गरे पनि अदालतले रायमाझीलाई भने रिहा गर्न अस्वीकार गरेको थियो ।