janatatimes

१५ चैत्र २०८०, बिहीबार ०९:३४

एमालेको ११औं अधिवेशन उदघाटन गर्न गृहजिल्ला झापामा अध्यक्ष ओली, सर्वसम्मत नेतृत्व चयनपछि मात्रै फर्कने योजना


झापा, चैत्र १५ । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ।

अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुग्नुभएको छ । उहाँ आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन्।

पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताउनु भयो। अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन्। तर, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले बताउनुभयो ।

आफ्नै गृहजिल्लामा सर्वसर्वसम्मत नेतृत्व चयन गरेर चुनावमै जोड दिइरहेका देशभरका नेता कार्यकर्तालाई सन्देश दिने अध्यक्ष ओलीको योजना रहेको छ । सोही कारण उहाँ नेतृत्व चयनपछि मात्रै राजधानी फर्कने योजना बनाएर गृहजिल्लामा रहनु हुने एमाले नेताहरुले जनाएका छन । अध्यक्ष ओली बुधवार नै झापा आउनु भएको हो ।