जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १२:०३

प्रधानमन्त्रीसँग देउवाले मागे दुई वटा प्रदेशको नेतृत्व


काठमाडौं, चैत १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई वटा प्रदेश सरकारको नेतृत्व मागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज भएको भेटमा कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वटा प्रदेश सरकारको नेतृत्व माग्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालसँग आफ्नो गृहप्रदेश सुदुरपश्चिम र कोशी प्रदेशको मुख्यमन्त्री दिन देउवाले माग गर्नुभएको हो । बालुवाटार स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार देउवाले यी दुई प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिए धोका दिएको कुरा बिर्सन सकिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी नेतृत्वको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डाको बिषयमा अन्तिम सहमति बाँकी हुँदा देउवाले दुई प्रदेश सरकारको नेतृत्व माग्नुभएको हो ।

‘तपाईले हामीलाई नराम्रोसँग धोका दिनुभयो, संगै हिडिरहेको बेला पत्तै नदिएर लडाइ दिनुभयो, यो कुराले कांग्रेसमा तपाईप्रति ठूलो आक्रोश छ, अव त्या आकोश शान्त पार्न पनि सुदुरपश्चिम र कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिनोस,’ प्रधानमन्त्री दाहालसँग देउवाको माग उधृत गर्दै बालुवाटारस्रोतले जनताटाइम्स डटकमसँग भन्यो । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले कोशीमा आफूसँगै सभापतिमा चुनाव लडेको केदार कार्की मुख्यमन्त्री रहेको र कार्कीलाई नेकपा एमालेले मुख्यमन्त्री बनाएको भन्दै यथावत राख्दा एमालेले समेत केही बोल्न नमिल्ने दावीसमेत गर्नुभएको छ ।

यस्तै सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बचन दिएकोले सत्ता गठबन्धनले नखेलीदिए जोगिने अवस्था रहेकोले यथावत राख्न देउवाले माग गर्नुभएको थियो । ‘दुइटा प्रदेशको नेतृत्व हामीलाइ छाडन पनि के सोच्नु पर्यो यार, छाडे भैहाल्यो नि, यत्ति भएपछि अरु कुरा पनि मिल्छ क्या, धोका पनि बिर्सन्छौं,’ प्रधानमन्त्रीसँग देउवाको भनाई थियो ।

प्रदेश सरकारको नेतृत्व माग्ने क्रममा देउवाले सत्ताबाट एकाएक सडकमा पुग्नुपरेको कारण कांग्रेस बृत्तमा आफू कमजोर हुने अवस्था आएकोले त्यसो हुन नदिने बिगतमा कांग्रेसका नेताहरु नमान्दा समेत आफू एक्लैले निर्णय गरेर गठबन्धन गरी माओवादीलाई लगाएको गुण तिर्नसमेत भन्नुभएको स्रोतको दावी छ ।

कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुग्नुभएको हो । सो क्रममा दुई नेताबीच एक्लाएक्लै कुराकानीसमेत भएको थियो । देउवाले आफ्नो प्रस्ताव स्वीकार गरेमा संक्रमणकालीन न्यायसम्बन्धी भएको सहमतिमा अडिने अन्यथा सहमतिअनुसार जान नसक्ने धम्कीसमेत दिनुभएको स्रोतको भनाई छ । कंग्रेस सभापति देउवा दोस्रो तहका नेताहरुको बार्ता र ब्रिफिङपछि आज एक्लै भेटका लागि बालुवाटार जानुभएको हो ।

पछिल्लो समय कांग्रेसका देउवा निकट नेताहरु माओवादीले अति गर्यो, अव हामी दुई पार्टी मिलेर प्रचण्डलाई तह लगाउनु पर्छ भन्दै एमाले नेताहरुसँग प्रस्तावसमेत गर्ने गरेका छन । दुवैतिर लडाएर सत्ता गठबन्धनमा तिक्तत ल्याउने योजनामा रहनु भएका सभापति देउवाले प्रदेश सरकारको नेतृत्व भए पनि पार्टीमा आफूबिरुद्ध लागेकाहरुको मुख बन्द गराउन सकिने भन्दै प्रधानमन्त्री दाहालसँग अनुनय बिनय गर्नुभएको हो ।

गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच आज पहिलो पटक एक्लाएक्लै भेटबार्ता भएको हो । यसअघि बिभिन्न चरणमा कांग्रेस नेताहरुले प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको थियो । कांग्रेससँगको सहकार्यमा जाँदा भ्रष्टाचारीलाई कार्वाही नभई संरक्षण गर्नुपर्ने अवस्था आएपछि कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रधानमन्त्री दाहाल

एमालेसँग मिलेपछि देउवाले धोकेवाजसँग बदला लिन्छु भन्दै सरकार ढालन दक्षिणको छिमेकी समेत प्रयोग गर्नुभएको थियो ।रास्वपा सभापति रबि लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई प्रधानमन्त्री अफर गरी दक्षिणतिरको छिमेकीका दूत प्रयोग गर्नुभएका देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको कुसल रणनीतिका कारण असफल बनेपछि दुई वटा प्रदेश सरकारको नेतृत्व माग्न आइपुग्नु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफै माधव निवास कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन सहमत गराउनु भएपछि गठबन्धन परिवर्तन भएको २४ घन्टाभित्र सरकार ढाल्ने देउवा र दक्षिणी छिमेकी मुलुकको योजना बिफल भएको थियो ।

पछिल्लो समय कांग्रेसका देउवा निकट नेताहरु माओवादीले अति गर्यो, अव हामी दुई पार्टी मिलेर प्रचण्डलाई तह लगाउनु पर्छ भन्दै एमाले नेताहरुसँग प्रस्तावसमेत गर्ने गरेका छन । दुवैतिर लडाएरसत्ता गठबन्धनमा तिक्तत ल्याउने योजनामा रहनु भएका कांग्रेस सभापति देउवाले प्रदेश सरकारको नेतृत्व भए पनि पार्टीमा आफूबिरुद्ध लागेकाहरुको मुख बन्द गराउन सकिने भन्दै प्रधानमन्त्री दाहालसँग अनुनय बिनय गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालसँगको छलफलमा दुई वटा प्रदेश सरकार मागेर हिडनुभएका देउवाले बाहिर भने संसदको गतिरोध र संक्रमणकालिन न्यायको बिषयमा मात्रै छलफल भएको सन्देश जानुपर्ने भन्दै यो कुरा लिक भए ठीक नहुुने धम्की दिनुभएको जानकारीसमेत स्रोतले जनताटाइम्स डटकमलाई दिएको छ । केपी र तपाईको कुरा लिक नहुने, मेरो चाँहि लिक भयो भने ठीक हुन्न है भन्दै देउवाले धम्की पनि दिनुभयो, प्रधानमन्त्रीको सचिवालयमा कार्यरत अर्का सदस्यले भने ।