जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १९:२०

एमाले उदयपुरको अध्यक्षमा राउत निर्वाचित, यी हुन अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य (सूचीसहित)


उदयपुर, चैत १५ । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित हुनुभएको छ । गएराती भएको निर्वाचनको अन्तिम परिणाम आउँदा राउत ३४४ मत प्राप्त् गरी निर्वाचित हुनुभएको हो ।

राउतसँग प्रतिस्पर्धा गर्नुभएका निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गर्नुभएको छ । घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले पराजीत गरी उदयपुर एमालेको नेतृत्व लिनुभएको हो । यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले बिजयी हुनुभएको छ ।

बिजयी लामाले १९२ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा टेकबहादुर राउत बिजयी हुनुभएको छ । राउतले १९१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी महेश रोकाले १४० र शम्भु पौडेलले १८३ मत प्राप्त गर्नुभएको छ ।

उपसचिव खुलातर्फ हेमबहादुर खडका निर्वाचित हुनुभएको छ । खडका १९४ मत प्राप्त गरी बिजयी बन्दा अन्य उम्मेदवारहरु जीवनाथ दाहाल १०८, दुर्गानन्द चौधरी ५३, धर्मबहादुर तामाङ ४६ र मन्दिप राईले ९३ मत प्राप्त गर्नुभएको छ ।

महिला उपसचिवमा गंगा राई २६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी महेश्वरी राईले १४९ र गीता खडकाले १२५ मत प्राप्त गर्नुभएको छ । यसैगरी सदस्यहरुमा कुनै पालिकामा निर्वाचन र कुनै पालिकामा सर्वसम्मत भएको छ ।