जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार २२:१८

स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्ने त्रिभुवन विश्वविद्यालयको निर्णय, अन्य बिश्वबिद्यालयले के गर्लान ?


काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालय (टियु)ले स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले स्नातक तहका सबै संकायका प्रश्नपत्रहरूमा नेपाली र अंग्रेजी भाषा अनिवार्यरूपमा राख्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्यरूपमा नेपाली र अंग्रेजी भाषा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ।

त्रिबिले यो निर्णय गरेपछि अन्य बिद्यवबिद्यालयमाथि पनि दुवै भाषामा प्रश्नपत्र छाप्न दवाव परेको छ । त्रिबिकै नक्कल गरेर अन्य बिश्वबिद्यालयहरुले पनि अंग्रेजीमा मात्रै प्रश्नपत्र निकाल्दै आएका थिए ।