काठमाडौं, चैत १६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सवार विमान अवतरण गर्न लागेको समयमा ओभर सुट गरिएको छ ।
आज राति ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको समयमा ओभर सुट गरिएको विमान १० मीनेटपछि सकुशल अवतरण गरिएको हो । बिराटनगरबाट काठमाडौं आएको यति एअरलाइन्सको उडानमा पूर्वराष्ट्रपति भण्डारीसहित ७० जना यात्रु सवार हुनुहुन्थ्यो ।
सो बिमान त्रिभुवन अन्तराष्ट्रिय किमानस्थलको धावन मार्ग नजिकै आएपछि मरेको चील देदिएपछि चालकले विमानलाई उचाईमा लगेको बिमानस्थलमा कार्यरत एक सुरक्षाकर्मीले जनताटाइम्स डटकमलाई बताए । ती सुरक्षाकर्मीका अनुसार अवतरणको बेला यस्तो भएपछि विमान अन्यत्रै मोडिएर १० मिनेटपछि अवतरण भएको थियो ।
अवतरणको क्रममा समेत बिशेष सतर्कता अपनाइएको थियो । आज मौसमका कारण काठमाडौं आउने अधिकांश जाहाजले समस्या झेल्नुपरेको अवस्थामा राती मरेको चील देखिएको थियो ।













प्रतिक्रिया दिनुहोस्