जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार ०९:०३

भयंकर दुर्घटनाबाट यसरी जोगियो ल्याण्ड गर्न लाग्दा ३ पटक खसेको बुद्ध एअरको बिमान


काठमाडौं, फागुन १८ । तपाईले बिमान अवतरण गर्नै लाग्दा एकाएक उचाइ लिएर मोडदै जोगाउनु परेको घटनाको सामना गर्नुपरेको छ ? त्यस्तो अवस्था आइपर्दा कस्तो सोच्नुहुन्छ ? शनिवार थुपै्र यात्रुले यो दर्दनाक घटनाको सामना गर्नुपरेको छ ।

शनिवार बेलुका राजधानीको मौसम एकाएक खराव भयो । हावाहुरीदेखि चट्याङले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण हुने क्रममा रहेका बिमानहरु एकाएक ओभरसुट गर्नुपर्यो । त्यसमध्येका एक बिमानको यात्री हुनुहुन्थ्यो एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा र साहित्यकार राधेश्याम लेकालीसहितका यात्रुहरु । बिराटनगरबाट काठमाडौं आउनु भएका उहाँहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ल्याण्ड गर्नै लाग्दा ठूलो संकट आइलाग्यो ।

बुद्ध एअरको सो बिमानमा यात्रा गरिरहनुभएका साहित्यकार लेकालीका अनुसार सवै यात्रुमा बाँच्ने आस मरिसकेको थियो । जीवनको अन्तिम क्षणको महसुस सवैले गरे । साहित्यकार लेकालीका अनुसार काठमाडौं बिमानस्थलमा प्लेन ल्याण्ड गर्ने बेला एक्कारी हावाहुरी, वर्षा र चट्याङ पर्यो । जस्को कारण बिमान ल्याण्ड गर्न सक्ने अवस्था रहेन । बिमान ल्याण्ड गर्न नसकेपछि चालक दलले ओभर सुट गरेर दुर्घटना हुनबाट बचाए

। त्यसपछि पनि प्लेन तीनपटक खसेको थियो तर सफलतापुर्वक प्लेनलाई नियन्त्रणमा लिन सफल भए । त्यो बेला बिमानभित्रको दृश्य निकै कहाली लाग्दो रहेको लेकालीले बताउनु भयो । यो तस्बिर झण्डै अन्तिम भएको भन्दै सो घटनाबारे साहित्यका लेकालीले लेख्नुभएको छ, ‘हामी सबै सुरक्षित काठमाडौं आइपुग्यौं । बुद्ध एयरका पाइलटहरुलाई धन्यवाद ! उहाँहरुले काठमाडौं एयरपोर्टमा प्लेन ल्याण्ड गर्ने बेला आएको हावाहुरी, वर्षा र चट्याङले ल्याण्ड गर्न नसकेपछि ओभर सुट गरेर दुर्घटना हुनबाट बचाउनु भयो । त्यसपछि तीनपटक खसेको प्लेनलाई नियन्त्रणमा लिन सफल हुनुभयो । प्लेनभित्रको दृश्य कहालीलाग्दो थियो । आज अर्को जुनी पाइयो ।’