जनता टाइम्स

१९ चैत्र २०८०, सोमबार ११:३९

रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षाको माग गर्दै सिंहदरवारकै अगाडि प्रदर्शन (फोटोफिचर)


काठमाडौं, चैत १९ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारके अगाडि प्रदर्शन भएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि प्रदर्शनमा उत्रिएका सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।