काठमाडौं, चैत १९ । सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडानबाट पछि नहटेपछि सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको हो ।
बालुवाटारमा आज भएको गठबन्धन बैठकमा यस्तो सहमति भएको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।
यस्तै बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई आज नेकपा एसले विश्वासको मत दिने भएको छ । जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको बालुवाटार स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्