काठमाडौं, चैत १९ । सरकारको विषयमा छलफल गर्न बसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालको बैठकमा बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।
काठमाडौंमा आज बसेको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेमशलाल चौधरी पक्षबीच हात हालाहाल भएको हो । बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार नाउपाका संरक्षक चौधरीले आफ्नी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिताले कसैको उक्साहटमा गतिविधि गरिरहेको आरोप लगाएपछि सुरु भएको विवाद हात हालाहालमै पुगेको हो ।
रेशमको सो आरोपलाई उहाँका बुवा लालवीर चौधरीले पनि साथ दिनुभएको ती सदस्यले बताए । टिकापुरको जनता र पार्टीले लिएको नीति विपरीत श्रेष्ठले कसैको लहैलहैमा आएर पार्टीभित्र गलत गतिविधि गरेको आरोप लगाएपछि श्रेष्ठले कडा प्रतिवाद गर्नुभएको थियो । सो आरोप प्रमाणित गर्न चुनौतीसहित अध्यक्ष चौधरी निकै आक्रोशित बन्नुभएपछि बैठकमा दोहोरो भनाभन भएको थियो । भनाभनको अवस्था लगत्तै हात हालाहाल समेतको स्थिति आएको थियो ।
सोही क्रममा बैठकमा दीप तामाङ र राजन गुरुङले झम्टिएर रमेश विक र रामलाल डगौरामाथि हातमापात गरेको ती सदस्इले जनताटाइम्स डटकमलाई बताए । दीप तामाङ नाउपा बागमती प्रदेशका प्रमुख र राजन गुरुङ केन्द्रीय पदाधिकारी तथा गण्डकी प्रदेशका नेता हुनुहुन्छ । उहाँहरू रेशम पक्षमा उभिनुभएको छ । रञ्जिता पक्षका रामलाल डगौरा टिकापुर नगरपालिकाका मेयर र रमेश विक रञ्जिताका स्वकीय सचिव हुनुहुन्छ । ‘रेशम चौधरी र लालबीर चौधरी (रेशमका पिता) ले अध्यक्ष रञ्जितामाथि आरोप लगाउन थालेपछि भनाभन भयो । लगत्तै हातपात भयो,’ ती सदस्यले भने ।
नाउपामा अध्यक्ष रञ्जिता नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा पक्षमा उभिनुभएको छ भने रेशक बिपक्षमा रहनुभएको छ । यही बिवाद समाधान गर्न बोलाइएको बैठकमा हातपात भएको हो । नाउपामा सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्री फिर्ता बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीबाट पत्र पठाएपछि बैठक बोलाउनु भएको थियो ।
बैठकमा रेशमले अध्यक्ष रञ्जितालाई तिमी भन्दै हेपेपछि बिवाद भएको बताइएको छ । ‘तिमी केन्द्रीय सत्ता गठबन्धनमा छौ भने यहीको राजनीति गर प्रदेशको राजनीतिमा हात नहाल, केन्द्रको गठबन्धनले प्रदेशको सरकार चल्दैन । त्यहाँ प्रदेशको आफ्नै गठबन्धन छ, रेशमको भनाई थियो । जवाफमा रञ्जिताले पार्टी जहाँको भए पनि एउटै विधान र पद्धतिबाट चल्ने बताएपछि बिवाद भएको हो ।
प्रतिक्रिया दिनुहोस्