काठमाडौं, चैत १९ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई नेपाली कांग्रेसका एक जना पाका नेताले संसदमै नांगेझार पारिदिएका छन ।
कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीको नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुँदा गरिएको आर्थिक लेनदेनको पर्दाफास गरेर गृहमन्त्रीरबिलाई नांगेझार पारिदिनु भएको हो ।
नयाँका नाममा जनतालाई बेकुफ बनाएर सत्ताको यात्रामा आउनुभएका रविले नेपाल प्रहरीमा हुकुमी शासन चलाई पहिलोलाई फेल र फेल भएकाहरुलाई पास गराउनु भएको थियो । आर्थिक लेनदनेबिना यस्तो अपराध गर्न कसैले आँट नगर्ने भएपनि गृहमन्त्री रविले भने आफ्नो सचिवालय मातहत रहेको असुली बिभागको सिफारिशमा यस्तो हर्कत गर्नुभएको थियो ।
संसद बैठकमा आज केसीले ‘पहिलो नम्बरमा रहेका डीएसपी किन छुटेको ?’ भन्दै प्रश्न राखेर असुली बिभागदेखि रबिसम्मकोपोल खोल्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले नेपाल प्रहरीका १२ जना डीएसपीबाट ८ जना एसपीमा बढुवा हुँदा किन एक नम्बर नै छुटे ? भनेर कडा प्रश्न गर्नुभयो ।
अनि भन्नुभयो, ‘वरिष्ठलाई पाखा पार्ने कामले सरकारको सुशासनको रटानको धज्जी उडेको छ ।’
हालै प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा गरेको बढुवामा १२ नम्बरका डीएसपी विनोद घिमिरे पर्दा पहिलो नम्बरका प्रदीप क्षेत्रीलाई फालिएको थियो । यो तहको बदमासीले रबिको भनाई सुशासन र गराइ असुली धन्दा रहेको तथ्य प्रमाणित गरेको केसीको बताउनु भयो ।
त्यसो त रबिले बिभिन्न अपराधको बिषयमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई समेत अभियुक्तकै सिफारिशमा समय नपुगी सरुवा गर्नुभएको पाइएको छ । पूर्वगृहमन्त्रीको आडमा आफ्नै प्रमुखलाई समेत नटेर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छाडा र उदण्ड नेतृत्वको बदमासीलाई देखाएर रबिले अन्यत्रका प्रहरी समेत अभियुक्त जोगाउन छानीछानी सरुवा गरेको पाइएको हो ।
प्रतिक्रिया दिनुहोस्