जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार ००:२३

पाँचथर एमालेमा अध्यक्ष र सचिव सर्वसम्मत हुँदा चुनावबाट बिजयी बने यी पदाधिकारी र सदस्य


फिदिम, चैत २० । नेकपा एमाले पाँचथरको नवौँ जिल्ला अधिवशेनबाट अध्यक्ष र सचिव सर्वसम्मत चयन हुँदा अन्य पदाधिकारीमा भने चुनावबाट नेतृत्व चयन भएको छ । उपाध्यक्ष, उप–सचिव (खुला र महिला) र खुल्ला सदस्य पदमा सोमबार साँझ मतदान सम्पन्न भएको छ ।

चुनावबाट उपाध्यक्षमा बीरबहादुर कुरुम्बाङ निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नरबहादुर गुरुङलाई पराजीत गर्नुभएको हो। उपाध्यक्षमा कुरुम्बाङ २ सय ३६ मत प्राप्त गरी बिजयी बन्दा प्रतिस्पर्धी गुरुङले १ सय १३ मत प्राप्त गर्नुभएको छ । गुरुङ एमाले पाँचथरका निवर्तमान उपसिचव र कुरुम्बाङ सचिवालय सदस्य हुनुहुन्थ्यो ।

यस्तै उपसचिव खुलातर्फ १ सय ७९ मतका साथ तुलसी थापा क्षितिज विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जयप्रकाश केरूङले १ सय ५४ मत प्राप्त गर्नुभयो । प्रेस चौतारी पाँचथरका पूर्वअध्यक्ष थापा यसअघि एमाले जिल्ला सचिवालय सदस्य एव कार्यालय सचिवको भूमिका कुसलतापुर्वक निर्वाह गर्नुभएका नेता हुनुहुन्छ । पराजीत केरूङ फालेलुङ गाँउपालिका ईन्चार्ज हुनुहुन्थ्यो ।

यस्तै उपसचिव महिलातर्फ कौशिला आङ्देम्बे २ सय ४७ मत सहित बिजयी हुनुभएको छ । भइन । आङ्देम्बेले प्रतिस्पर्धी कमलकुमारी योङ्हाङलाई ५१ मतले पराजीत गर्नुभयो । पराजीत योङ्हाङले ९६ मत प्राप्त गर्नुभएको छ ।

पाँच खुल्ला सदस्यका लागि ११ जनाले प्रतिस्पर्धा गरेकोमा नवराज घिमिर लोकप्रिय २ सय ४७ मतसहित विजयी हुनुभएको छ । उहाँपछि क्रमशः विनोद आङ्देम्ब २ सय ४०, खगेन्द्रप्रसाद बाँस्कोटा १ सय ९६, राजु थाम्सुहाङ १ सय ८० मत र कृष्ण ओझा १ सय ७९ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

बिजयीमध्ये बाँस्कोटा अधिवक्ता र ओझा क्रियाशिल पत्रकार हुनुहुन्छ । ओझा प्रेस चौतारी पाँचथरका संस्थापक र पूर्वअध्यक्षसमेत हुनुहुन्छ । यसअघि नै अध्यक्षमा विष्णुप्रसाद सापकोटा (विमल) सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। अध्यक्षमा मनोनय दर्ता गर्नुभएका मेघराज घिमिरेले उमेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत हुनुभएको हो ।

यस्तै सचिवमा पनि पृथ्वी लावती सर्वसम्मत निर्वाचित हुनुभएको छ । विलास योङयाले उमेदवारी फिर्ता लिएपछि लावती सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनमा जिल्लाका ८ स्थानीय तह भित्रका ६० वडा र जनवर्गीय संगठन सहित ४०१ प्रतिनिधि सहभागी भएको थिए । पाँच पदाधिकारीसहित ७५ जनाको जिल्ला कमिटी चयन गरिएको छ । यस्तै अधिवेशनले देबी अधिकारीको संयोजकत्वमा ७ सदस्यिय लेखा समिति समेत निर्विरोध निर्वाचित भएको छ ।