जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार ११:१७

एक्कासी सचिवको सरुवा सूची भएपछि सिंहदरवारमा खैलाबैला


काठमाडौं, चैत २० । सरकारले अचानक सचिवहरूको सरुवा सूची सार्वजनिक गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निणृय भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कसैलाई सुईकोसम्म नदिई १३ सचिवको सरुवा गरको हो ।

सरुवा सूचीअनुसार वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीलाई समेत जानकारी नदिएर एकैपटक सचिव पठाउनु भएको हो । प्रधानमन्त्रीको यो कदमपछि कर्मचारी बृतमै खैलाबैला मचिचएको छ ।

यस्तै उद्योगमा रहनु भएका नारायणप्रसाद शर्मा दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ भने बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालय र उर्जाका गोपालप्रसाद सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुनुभएको छ ।

यसैगरी सरकारले जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालय, सिचाईका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सरुवा गरेको छ । सरकारले एक्कासी सचिवको सरुवाको पत्र पठाएपछि सिंहदरवारमा खैलाबैला मच्चिएको छ ।

को कहाँ भए सरुवा ?

१. घनश्याम उपाध्याय – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

२. कृष्णबहादुर राउत – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)

३. मुकुन्द निरौला – उपराष्ट्रपति कार्यालय

४.मधुसूदन बुर्लाकोटी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (जनसंख्या र प्रशासन)

५. केशवकुमार शर्मा – जल तथा ऊर्जा आयोग

६. गोपालप्रसाद सिग्देल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

७. दिनेश घिमिरे – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य)

८. नारायण शर्मा दुवाडी – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

९. रविलाल पन्त – निर्वाचन आयोग

१०.सरिता दवाडी – जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय (सिँचाइ)

११.सुशीलचन्द्र तिवारी – जलस्रोत, ऊर्जा तथा सिँचाइ (ऊर्जा)

१२.प्रमिलादेवी बज्राचार्य – नेपाल ट्रस्ट

१३.विश्वबाबु पुडासैनी – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि)